बकुल्लाको बास जोगाउन आग्रह

आदर्श समाज सम्वाददाता
जेठ २५, २०८१
bakulla

पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ ।

रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् ।

बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गगिन्धत भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ ।

सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रष्टको कार्यालय, पोखरामार्फत् ट्रष्टको केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले नेपाल ट्रष्टको कार्यालय पोखरा प्रमुख मीनप्रसाद लामिछानेमार्फत् ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पोखरा महानगर, वडा नम्बर ६, रणचण्डी गणलाई समेत बोधार्थ दिइएको छ । रत्न मन्दिर दरबार क्षेत्रका रुखहरु र खासगरी बाँसमा पोखरामा पाइने धेरै प्रजातिका चराचुरुङ्गीले गुँड लगाउने गरेका छन् ।

वर्षाैदेखि बकुल्लाको बासस्थानकै रुपमा परिचित बाँसको गाँजका आख्लापिच्छे बकुल्लाका गुँड र गुँडमा स–साना बचेरा खेलिरहने मौसममा बाँस काट्नु अमानवीय हुने अध्यक्ष बराल बताउँछन् ।

बाँस काट्नुको साटो विकल्प खोज्न र पंक्षी संरक्षण गर्न ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वासस्थान सुरक्षित राखिरहन अति आश्वयक रहेको व्यहोरा जानकारी गराउँदै बाँस काट्ने कार्यलाई अवका दिनमा प्राथमिकतामा नराखी बकुल्लाको वासस्थान जोगाउन पन्छीहरुलाई असर नपर्ने गरी समस्याको समाधान गर्न ध्यानाकर्षण गराउँछौँ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग