अन्नपूर्णमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
annapurna

पोखरा । विश्व वातावरण दिवस अवसरमा अन्नपूर्ण गाउँपालिका आयोजनामा वृक्षरोपण गरिएको छ ।

पालिका परिसर, सडक पेटी, वडा. २ र ३ को कार्यालय वरिपरि तथा ढिकुरपोखरी क्षेत्रमा अशोका, कल्की, ज्यागेण्डा, गुलमर, पारिजात, वेलपत्र, रुद्राक्ष लगायत केही अन्य फूलका जातका बिरुवा रोपिएको हो ।

साथै, केही बगैँचा गोडमेल गरिनुका साथै सरसफाइ पनि गरिएको पालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । कार्यक्रममा उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडाध्यक्ष लगायतका जनप्रतिनिधि एवं कर्मचारी, अन्नपूर्ण २ स्थित महिला सञ्जाल, स्थानीय आवाज आमा समूह, दलका प्रतिनिधि एवं पत्रकार खटिएका थिए ।

पालिकाले आगामी दिनमा सडकपेटी तथा पार्क निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    रासस असाेज २७, २०८१
    काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा…
  • बाहिरियो नेपालबाट मनसुन

    रासस असाेज २६, २०८१
    काठमाडौं । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि…
  • तीन प्रदेशमा वर्षाको सम्भावना

    रासस असाेज २६, २०८१
    काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग