जलवायु परिवर्तनका असरबारे चिन्ता

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
Pradhyapak samaj

पोखरा । जलवायु परिवर्तनको असरबारे एक कार्यक्रमका वक्ताले चिन्ता व्यक्त गरेका छन् । निवृत्त प्राध्यापक समाज पोखरा आयोजनामा शुक्रबार ‘जलवायु परिवर्तन र यसका असरहरु’ विषयक अन्तरक्रियाका वक्ताले सो चिन्ता प्रकट गरेका हुन् ।

उनीहरुले जलवायु परिवर्तनका कारण अस्वभाविक रुपमा तापक्रम वृद्धि भएको, वर्षा अनियमित भइरहेको, तराईमा चिसो तथा हिमालमा तातोको मात्रा बढ्दै गएको भन्दै त्यसले बाली चक्रमै परिवर्तन ल्याएको बताए । हिमपहिरो बढ्दै जानु, हिमताल फुट्नु, गर्मीमा हुने बोटबिरुवा हिमाली क्षेत्रतर्फ सर्दै जानु, समुद्र बढी तात्नु लगायत परिघटना जलवायु परिवर्तनकै कारण भएको जनाउँदै अनुकूलनका लागि देशव्यापी लक्ष्य तय गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

भूगोलविद् प्राडा कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तन र यसका असरहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तन स्थानीय मात्र नभएर वैश्विक परिघटना भएको औंल्याए । जलवायु परिवर्तनमा नेपालले धेरै नगण्य कार्य गरे तापनि तापक्रम बढ्दै गएको र वर्षाको मात्रा, समय र तिनीहरुमा भएको अनिश्चितका कारण नेपालले ठूलो क्षति बेहोर्नु परेको उनको भनाइ छ । उनले क्षति न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट क्षतिपूर्ति स्वरुप कार्बन ट्रेडको परिकल्पना गरेर केही रकम अन्तर्राष्ट्रिय कोषबाट नेपालले प्राप्त गरे तापनि त्यसको निश्चित मात्रा कति हुनुपर्ने, कहाँ खर्च गरिनु पर्ने, कसलाई उपलब्ध गराउनुपर्ने, कसरी खर्च गरिनुपर्ने भन्ने कार्यविधिमा अन्योल देखिएको औंल्याए ।
जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि प्रकृति र मानवीय कार्यको सन्तुलन कायम गरी दिगो विकास गर्नुपर्ने उनको ठहर छ ।

टिप्पणीकार भूगोलविद् प्राडा इन्द्रप्रसाद तिवारीले सूर्यदेखि कोठाकोठासम्म जलवायु परिवर्तनका असर परेको देखिएको भन्दै जलवायु अनूकलता निर्माणका लागि छट्टाइएको बजेट कार्यान्वयन नहुनु नेपालमा दुखद हो भने । ‘सिधैं आफ्नै घरआँगनसम्म समस्या नआई हामी गम्भीर हुँदैनौं, छिमेकीलाई परेको असरलाई समेत नजर अन्दाज गर्ने हाम्रो बानी छ, त्यसमा सुधार आवश्यक छ,’ उनले भने ।

कार्यक्रमबीच गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिना, विपद् पूर्व तयारी सञ्जाल गण्डकी अध्यक्ष हरिबन्धु अर्याल, लि–वर्डका डा. अनिल सुवेदी, प्राडा कृष्ण केसी लगायतले प्रतिनिधिमूलक रुपमा टिप्पणी राखे । उनीहरुले जलवायु परिवर्तनको असरलाई गम्भीर रुपमा लिनुपर्ने, सुरक्षाका उपायबारे समयमै बहस चलाउनुपर्ने तथा निवृत प्राध्यापक समाज पोखराले पनि यस्तै रचनात्मक क्रियाकलाप गर्दै जानुपर्ने धारणा राखे ।

कार्यक्रममा प्राडा डिलबहादुर क्षत्री, उदयबहादुर अमात्य, बालगोपाल अमात्य, भवानीप्रसाद पाण्डे, गेहेन्द्रमान् उदास, शान्ताकुमारी खत्री, धर्मराज पौडेल, छवी सुवेदी, विश्वकल्याण पराजुली, सूर्यभक्त सिग्देल, लक्ष्मीशरण अधिकारी तथा कृष्णप्रसाद कुँवरले विभिन्न जिज्ञासा राखे ।

शिक्षाविद् जोर्ज जोनले समाजले गरेका कार्य प्रशंसनीय रहेको जनाउँदै रचनात्मक, समसामयिक कार्यक्रम गर्दै जानुपर्ने औंल्याए । त्यस अवसरमा जलवायु परिवर्तनले पोखरा क्षेत्रमा पारेको प्रभाव र त्यसको असर विषयमा पनि छलफल भयो । पोखराको करिब ३० प्रतिशत जनसंख्या जलवायुजन्य जोखिममा रहेको अन्तक्र्रियाको निष्कर्ष छ ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पद्मशरण रेग्मीले स्वागत र सचिव ज्ञानबहादुर कार्कीले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग