स्थानीय तह सञ्चार योजना विषयक दुई दिने अन्तरसंवाद

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
FB_IMG_1559228471549

पोखरा,१७ जेष्ठ । सञ्चारिका समुह नेपालले दुई दिने अन्तरसंवाद कार्यक्रम सुरु गरेको छ । पोखरा महानगरपालिकाको साझेदारीमा सुशासनका लागि सञ्चार,सञ्चारका लागि समन्वय विषयक सञ्चार कार्यक्रम सुरु गरेको हो ।

स्थानीय तह सञ्चार योजना विषयक कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सञ्चारिका समूह र कार्यपालिका सदस्यले खेल्ने भूमिका के हो भन्ने विषयमा प्रष्ट गरिदिन आग्रह गरे । संचारकर्मीले खोजमूलक समाचारलाई प्रथामिकता दिन उनले प्रमुख जिसीले आग्रह गरे ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १ की अध्यक्ष शारदाकुमारी पराजुलीले आम सञ्चार र पत्रकारिता सम्बन्धी आफ्नो अनुभव प्रस्तुत गर्दै सार्वजनिक सरोकार एवं सुशासनका विषयमा सूचना पाटीको भन्दा आम सञ्चारको भूमिका महत्वपुर्ण रहने बताइन । निष्पक्ष, जवाफदेहिता र स्वतन्त्र ढंगले कमल चलाउन पत्रकारलाई उनले आग्रह गरिन।सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मानव आश्रममा नारीशक्तिद्वारा भोजनदान

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८०
    पोखरा । नारीशक्ति जागरण आमा समूह पोखरा १७ आँखा अस्पतालचोकद्वारा मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ । संस्थाको चौथो…
  • सौन्दर्य व्यवसायी चिनु गुरुङलाई १ लाख रुपैयाँको राष्ट्रिय पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८०
    पोखरा । महिला उद्यमशीतलामा योगदान पुर्‍याएकोमा नेपाल सरकारले सौन्दर्य व्यवसायी चिनु गुरुङलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । महिला बालबालिका…
  • टेवानको कानुनी सचेतना

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८०
    पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानुनी सचेतनात्मक कार्यक्रम गरेको छ । ४…
  • महिला पर्यटन व्यवसायीलाई तालिम

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा आयोजित डिजिटल मार्केटिङ तालिम सम्बन्धित २ दिने तालिम सम्पन्न भएको छ । प्रविधिमैत्री…
  • महिमामैत्री आमा समूहमा सरिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७९
    पोखरा ।  पोखरा १ भीमबजार ‘क’ टोलमा रहेको महिमामैत्री आमा समूहको तेस्रो अधिवेशनले सरिता बराल पौडेललाई अध्यक्ष चयन गरेको छ…

hero news full width