पोखरा, ७ जेठ । कास्की मादी गाउँपालिका–१ खिलाङमा स्थानीय थन्कु देउराली युवा क्लबद्वारा आयोजित एकदिने युवा जागरण तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
मादी गाउँपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा गाउँका ४० युवाले सहभागिता जनाएका थिए । सहभागीलाई युवा जनशक्तिको महत्व, युवा नेतृत्व विकास तथा युवाका समस्या र अवसरको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै मादी –१ का वडा सदस्य एवं खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले युवामा बेरोजगारको समस्या बढदै गएको तथा उनीहरुलाई नैतिक अनुसाशन सिकाउनका निम्ति तालिमको व्यवस्था गरिएको बताए ।
कार्यक्रममा स्थानापति नि.मा.वि.का प्रधानाध्यापक यमबहादुर गुरुङ, थन्कु देउराली आमा समुहका अध्यक्ष सुकनादेवी गुरुङ, स्थानापति निमावि व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ, खिलाङ पोखरा युवा समितिका अध्यक्ष झलक गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।
रनध्वज गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रम थन्कु देउराली युवा क्लबका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
मानव आश्रममा नारीशक्तिद्वारा भोजनदान
सौन्दर्य व्यवसायी चिनु गुरुङलाई १ लाख रुपैयाँको राष्ट्रिय पुरस्कार
टेवानको कानुनी सचेतना
महिला पर्यटन व्यवसायीलाई तालिम
महिमामैत्री आमा समूहमा सरिता
hero news full width
मुख्य समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०