रोल्पा, ५ फागुन । रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् ।
छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हँुदै गएको गुनासो गर्न थालेका छन् । तलब नपाउँदा दैनिकी समस्याग्रस्त हुँदै जान थालेको छ सहप्राध्यापक दीपेन्द्र शाहीले बताए । “घरभाडा, रासनपानी तथा अन्य दैनिकी उधारोमा चलाएका छु”, शाहीले भनिन् “बिरामी पर्दा र चाडपर्वको बेला पैसाको बढी जरुरी पर्छ ।”
“खानपिन, छोराछोरी पढाउन र अन्य दैनिक जीवनयापनका लागि समस्या हँुदै आएको छ”, अर्का सहप्राध्यापक श्याम बुढाले भने समायोजन प्रक्रिया लम्बिँदा आफूहरुको दैनिकी चलाउन समस्या परेको उनको भनाई छ । अन्य साइड पेशा नभएकालाई थप समस्या हुने गरेको छ, बुढाले भने ।
क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिकमा समायोजन भएकाले शिक्षक कर्मचारीलाई तलब भुक्तानीमा कठिनाइ भएको क्याम्पस प्रमुख विष्णुप्रसाद आचार्यले बताए । “समायोजन प्रक्रिया चलिरहेकाले तलब निकासा भएको छैन”, आचार्यले भने । “समायोजन प्रक्रिया टुङ्गिने बित्तिकै शिक्षक कर्मचारीको तलब भुक्तानी हुन्छ ।”
तीन सय बढी विद्यार्थी रहेको सो क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदा विद्यार्थी शुल्कको भरमा चलेको थियो । क्याम्पस अनुदान आयोगले दिने वार्षिक छ लाख मात्रै उपलब्ध गराउने गरेको क्याम्पसले जनाएको छ । विद्यार्थीबाट वार्षिक ५० लाख शुल्क उठ्दै आएको छ ।
क्याम्पसमा १५ सहप्राध्यापक, एक शिक्षण सहायक, एक लेखापाल, एक लाइवेरियन र दुई कार्यालय सहायक कार्यरत छन । विसं २०६१ मा स्थापना भएको सो क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातकतहसम्मको पठनपाठन हुँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
इक्यान फेयर आयोजक समिति गठन
एनसेलको अनलिमिटेड डेटा अफर
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
एनसेलको ‘पहिलो सिम’ योजना
गेट सेट गोदरेज योजना सार्वजनिक
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९