पोखरामा मनाइयो विज्ञान दिवस

आदर्श समाज सम्वाददाता
असाेज १, २०८१
Science Day Photo

पोखरा । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नाराका साथमा १२औं राष्ट्रिय विज्ञान दिवस मंगलबार पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ । विज्ञानसँग सम्बन्धित विभिन्न ९ संघसंस्थाको संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो ।

सो अवसरमा मंगलबार बिहान महेन्द्रपुलदेखि पृथ्वीनारायण क्याम्पससम्म प्रभातफेरी भयो । प्रभातफेरी गण्डकी प्रज्ञा प्रतिष्ठानमा पुगी सभामा परिणत भएको हो । सभामा ‘विज्ञान तथा प्रविधिःविकास र उत्पादन वृद्धि’ विषयक प्यानल छलफल गरियो । उक्त छलफलमा प्राडा नवराज देवकोटा, प्राडा भरत पहारी, डा.ढाकाराम भण्डारी र डा.पूनम गौचन वक्ताका रुपमा थिए । सो सेसनमा डा. कपिल अधिकारीले सहजीकरण गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।’

मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुरा सही ठाउँमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे । पछिल्लो समयमा विज्ञान, प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा प्राडा नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजीलाई उत्पादनसँग जोड्नुपर्ने बताए । प्राडा भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउनेमा जोड दिए । डा. ढाकाराम भण्डारीले रिसर्चमा बहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । डा.पूनम गौचनले पारीवारिक कारणले रिसर्चमा महिलाको उपस्थिति कम भएको गुनासो गरिन् ।

आायोजक विज्ञान तथा प्रविधि प्रतिष्ठान गण्डकी प्रदेश, नेपाल फिजिकल सोसाइटी, नेपाल केमिकल सोसाइटी, नेपाल म्याथम्याटिकल सोसाइटी, बोटानिकल सोसाइटी अफ नेपाल, नेपाल जियोलोजिक सोसाइटी, साइन्स टिचर्स एसोसिएसन अफ नेपाल र पोखरा बर्ड सोसाइटीले उक्त कार्यक्रम गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width