इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८१
inDrive_PR_EV Handover_NEP

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेतालाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरुलाई काठमाडौं म्याराथनअन्तर्गत स्पोर्टस् फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गरेका हुन् ।

योरपेस प्रशिक्षण कार्यक्रममा प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो । जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ ।

उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोन पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए । उनीहरूको मेहनत र धैर्यले उनिहरुलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको छ, जहाँ उनीहरूले प्रशिक्षणक्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्ने छन् ।

विजेतालाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाएबापत सम्मानित गरिएको हो । योरपेसमा सहभागीताले चालकलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ । यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धि पहिचान गर्ने मात्र नभई अरुहरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौर्ती स्वीकार गर्न प्रेरित गर्ने जनाइएको छ ।

इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, ‘हाम्रा लगनशील ड्राइभरको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ । योरपेस पहलहरु मार्फत हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width