वातावरण दिवसमा फेवाताल सरसफाइ

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
tal sarsaafai photo

पोखरा । ताल तथा जलाधारको क्षेत्रमा काम गर्ने सरकारी कार्यालयहरूले पोखराको फेवाताल खपौदी क्षेत्रमा सरसफाइ गरी विश्व वातावरण दिवस मनाएका छन् । गण्डकी प्रदेश सरकार ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र बृहत् जलाधार व्यवस्थापन केन्द्र पोखराको संयुक्त आयोजनामा फेवाताल किनार खपौदी क्षेत्र सरसफाइ गरेका हुन् । फेवाताल सरसफाइलाई जलारी समुदायको अर्थाेपार्जनमा जोड दिँदै उनीहरूले जलारीको बस्ती रहेको खपौदीमा सरसफाइ गरेका हुन् ।

सो अवसरमा गण्डकी प्रदेश उद्योग वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख पुणेश्वर सुवेदीले मानवीय क्रियाकलापले वातावरणमा परेको असरलाई न्यूनीकरण गर्नका लागि आफूहरूले वातावरण दिवसको सन्दर्भमा फेवातालमा आश्रित जलारी समुदायहरूलाई फेवाताल सरसफाइमा प्रेरित गराउन फेवा किनारको खपौदीमा ताल क्षेत्र सरसफाइ गरिएको बताए ।

तालको संरक्षण गरी यसबाट हुने फाइदालाई बाँडफाँड गर्ने उद्देश्य भए तापनि मानवीय लाभको लागि सोच्ने र प्रकृतिबारेमा नसोच्ने गरेकै कारण ताल बर्सेनि पुरिँदै गएको बताउँदै त्यसबारेमा सचेतना जगाउन जलारी समुदायसँग मिलेर फेवाताल सरसफाइ गरिएको उनको भनाइ थियो ।

मानवीय लाभको लागि सोच्ने र प्रकृतिबारेमा नसोच्ने गरेकै कारण ताल बर्सेनि पुरिँदै गएको

ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यालय प्रमुख शम्भुकुमार मिश्रले वातावरण दिवसमा ताललाई केन्द्रित गरी ताल सरसफाइ गरिएको बताए । पोखरामा रहेका ९ वटै तालको अवस्था जीर्ण रहेको बताउँदै उनले जनतालाई सुसुचित गराउनपर्ने आवश्यकता औंल्याए । बर्सेनि सडक निर्माणका कारण खोलाहरूबाट गेग्रानहरू तालमा आउने, ताल घुम्न आउनेहरूले ताल किनारमा फोहोर फाल्ने गरेकै कारण ताल खुम्चिँदै गएको बताउँदै मिश्रले तालका छेउछाउमा बस्नेले मात्र नभई तालकै कारण व्यवसाय चलायमान गर्ने होटल, पर्यटन व्यवसायीहरूले पनि तालको संरक्षणमा लाग्नुपर्ने बताए ।

बृहत् जलाधार केन्द्रका निमित्त प्रमुख अमर अधिकारीले पोखरा १८ मा रहेको खपौदीमा रहेका जलारी समुदाय र नागरिक समाजसँग मिलेर जलारी समुदायको भूमि र भविष्य भनेकै फेवाताल रहेको र फेवातालको क्षेत्रफल घट्दै जाँदा जलारी समुदायलाई प्रत्यक्ष असर परेकाले त्यसबारेमा सचेतना फैलाउने कार्यक्रमसहित सरसफाइ कार्यक्रमलाई जोड दिएको बताए ।

जलारी समाजका अध्यक्ष ज्ञानबहादुर जलारीले जलारी समुदायले मासिक रुपमा फेवा किनारमा सरसफाइ गर्ने गरेको भए तापनि घुम्न आउनेहरूले फेवाताल छेउछाउमा फोहोर फाल्ने गरेकै कारण फेवाताल सरसफाइमा चुनौती थपिएको बताए ।

नागरिक समाज कास्कीका रामबहादुर पौडेलले टोल विकास संस्थाहरू गठन भएको भए तापनि उनीहरूले काम नगरेकै कारण फेवाताल सरसफाइले सोचेजस्तो नतिजा नआएको बताए । सरसफाइ कार्यक्रममार्फत् जलारी समुदायलाई अर्थाेपार्जनमा जोड्ने उद्देश्य रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width