सवारी दुर्घटना व्यवस्थापन अभ्यास

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
cm pande traffic pix

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा बुधबार आयोजित सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : कृष्ण न्यौपाने/रासस

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना कम गर्न सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाको आयोजनामा बुधबार शुक्लागण्डकी–४ दुलेगौंडामा भएको सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
‘दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसैले दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशमा सचेतना फैलाउने कार्यमा प्रदेश सरकार जुटेको छ ।’

सवारी दुर्घटनामा ट्राफिक प्रहरीले कसरी घाइतेको उद्वार गर्छ भन्ने बारेमा नमूना अभ्यास गरिएको थियो । अभ्यासका क्रममा प्रहरी र स्थानीय सहभागी भएका थिए । दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्तिका लागि गर्ने आन्दोलनले असहज परिस्थिति सृजना हुनसक्ने समेत नमूना अभ्यासमा देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक समाज र विद्यार्थीलगायतको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले प्रहरीले जहिले पनि समाजमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको बताइन् । नेपालमा सडकको विकल्प नभएकाले सवारीसाधन दुर्घटना दर उच्च रहेको उनको भनाइ छ । मुलुकमा प्रत्येक वर्ष २ हजार ६ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने र १५ हजार घाइते हुने गरेको तथ्यांक प्रस्तुत गरिन् । रासस

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width