रुपाको महेन्द्र आविका विद्यार्थीलाई सिद्धार्थ क्लबको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
siddratha club

पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा भएको एक कार्यक्रमबीच रुपा गाउँपालिका ४ सिद्ध ढुंगागाडेस्थित महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण गरिएको छ । विद्यालयका ३६ जना विद्यार्थीलाई सर्ट, पाइन्ट, फर्क २/२ जोरका साथै कापी, पेन्सिल, इरेजर, कटरलगायत सहयोग गरिएको हो । क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठबाट आफ्नो जन्मोत्सवको अवसरमा पोसाक सौजन्य गरेका हुन् ।

रुपा गाउँपालिका ४ का अध्यक्ष मुकुन्दबहादुर वंशीले सहयोग सामग्री वितरण गरे । उनले वितरण गरिएको सामग्रीको सदुपयोग गर्न र विद्यार्थीको पठनपाठनको वातावरण घरमा पनि निर्माण गरिदिन अभिभावकसँग आग्रह गरे ।

कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा विद्यार्थीको नियमितता र संख्या वृद्धि हुने विश्वास गरिन् । क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठले सहकार्य र सहयोगबाट सामाजिक रुपान्तरण र विकास सम्भव हुने भन्दै क्लबमार्फत् आफूले विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक राजबहादुर वंशीले क्लबको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुगेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

क्लबका सचिव विनोद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width