प्राकृतिक विपत्तिमा सुरक्षित रहन तालिम

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८१
army news

पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहन सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ ।

पोखरा फूलबारीमा रहेको श्रीकृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्नेबारे ‘अभ्यास मनसुन–४’ एक सातासम्म उक्त सञ्चालन गरेको हो ।

पोखरा १६ अर्मला, वडा २५ हेमजा, वडा २४ पामे, वडा २२ पुम्दीभुम्दी, वडा २१ कृस्तिनाच्नेचौर र निर्मलपोखरीमा ‘अभ्यास मनसुन–४’ गरिएको थियो ।
कार्यक्रममा आफूसँग भएका चिजविज प्रयोगबाट सुरक्षित बन्न, कोही दुर्घटनामा परि घाइते भएमा तत्काल प्राथमिक उपचार गरी जीवन सुरक्षित बनाउन र जनधनको सुरक्षाको लागि यो कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने स्थानीयको भनाइ थियो ।

गणका क्या. उमंग श्रेष्ठले पोखराका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी गराए । प्राकृतिक विपतमा आफू, आफ्नो परिवार र समाजलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सचेतनात्मक कार्यक्रम गरिएको उनले बताए । वडावासीलाई समावेश गराई उनीहरुलाई विपद्को दौरान इप्रोभाइजेसन गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामग्री रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरी बोट बनाउने र बोतलको प्रयोग गरी लाइफ ज्याकेट बनाउने तरिकाबारे डेमो देखाउने र बनाउन सिकाइएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width