शताब्दी पुरुष विश्वनाथको जन्मोत्सव

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
Bisho nath rana bhataa

लेखनाथ । १९८१ साल जेठ २० गते धर्तीमा पाइला टेकेका पोखरा–२६ विजयपुर निवासी शताब्दी पुरुष विश्वनाथ रानाभाटको १०१ औं जन्मोत्सव मनाइएको छ ।
स्व. करुणाखर रानाभाटका ६ छोराहरूमध्येका एक मात्र जीवित ठुलाघरे कान्छो नामले चिनिने विश्वनाथको आइतवार विविध कार्यक्रमका साथ १०१ औं जन्मोत्सव मनाइएको हो ।

पूर्व सभामुख तारानाथ रानाभाटका कान्छा बुबासमेत रहेका विश्वनाथको जन्मोत्सवमा सद्भाव धार्मिक ¥याली, कुल देवताको दर्शन तथा परिक्रमा, वृक्षरोपण, जन्मघरको दर्शन र शुभ आशीर्वाद ग्रहणका कार्यक्रमहरू राखेर जन्मोत्सव मनाइएको थियो ।

विश्वनाथका ३ छोरा कृष्ण रानाभाट, ढकबहादुर रानाभाट र पुरुषोत्तम रानाभाटले बुबाको सम्मानमा राखेको कार्यक्रममा पोखरा २६ को विजयपुरदेखि बाजागाजासहित साँघुको मुख विजयपुरमा रहेको कुल मन्दिर र अर्ध नारेश्वर लक्ष्मी मन्दिरको परिक्रममा गरी ऐतिहासिक सिलिंगे डाँडाँमा सिलिंगे प्रजातिको बिरुवा रोपिएको थियो ।

विश्वनाथ रानाभाट जन्मिएको जन्मघरमा विश्रामपछि बाल्यकालमा खेलेका विभिन्न स्थानको परिक्रममा गरी पोखरा २६ को कालिकाचोकमा रहेको भाट समाज भवनमा आफन्तजन, राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्वहरूलाई आशीर्वाद ग्रहण गराई जन्मोत्सव मनाएको छोरा देवेन्द्र रानाभाटले जानकारी दिए ।

‘गाउँमा बलको काम दलिन बोक्ने, बाटो तथा पानी पँधेरोमा ठूला ढुंगा राख्नेदेखि पशुपंक्षीलाई औषधी खुवाउनसमेत ठुलाघरे कान्छोका उपनामले चिनिएका विश्वनाथलाई नै बोलाउने प्रचलन थियो,’ स्थानीय ठाकुर रानाभाट बताए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width