बुद्व विशाल बजारका सदस्यलाई एनआरएलमा स्वास्थ्य परीक्षणमा ३५ प्रतिशत छुट

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
buddha bisal

पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसनले आफ्ना सदस्यलाई एनआरएलमा विशेष छुट सुविधा मिलाएको छ ।

पोखरा न्युरोडमा रहेको एनआरएलमा हुने कुनै पनि किसिमको ल्याब चेकजाँचमा एसोसिएसनमा आवद्ध सदस्यलाई ३५ प्रतिशत छुट दिइने भएको हो ।
एसोसिएसन उपाध्यक्ष बुद्धिबहादुर कुँवर र एनआरएल पोखराकी मार्केटिङ म्यानेजर समीता आचार्यबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एसोसिएसन अध्यक्ष इन्द्रराज अर्यालले एनआरएलसँगको सहकार्यले विशाल बजारका व्यवसायी सदस्यलाई बाहिर गर्नुपर्ने महँगा जाँच र नियमित स्वास्थ्य परीक्षणमा सहज हुने बताए ।

एसोसिएसन उपाध्यक्ष कुँवरले यो सहकार्यले थोरै भए पनि राहत पुग्ने भएकोले एसोसिएसनले पहल गरेको बताए ।

एनआरएलकी मार्केटिङ म्यानेजर आचार्यले यो सम्झौताबाट कुनै पनि ल्याब सम्बन्धी चेकजाँचमा ३५ प्रतिशत छुट पाउने बताइन् । एसोसिएसनमा हाल १ सय ८० सदस्य आवद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width