गण्डकी सरकारको प्रवक्तामा डा. टकराज गुरुङ

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
tak raj

पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ नियुक्त भएका छन् । पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले डा. गुरुङलाई प्रवक्ता तोकेको हो ।

सोही बैठकले सरकारले सदनमा प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकता समेत पारित गरेको छ ।

नीति तथा योजना आयोग उपाध्यक्षमा नियुक्तिको निर्णयका बारेमा भने केही बताइएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width