गण्डकी कलेजमा सूचना प्रविधि मेला हुने

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
gces IT Expo

पोखरा । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सले १० औंं जिसिइएस आइटी एक्स्पो–२०८१ आयोजना गर्ने भएको छ । सूचना तथा प्रविधिको विकास, विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा यस क्षेत्रमा क्रियाशील शैक्षिक संस्था तथा विद्यार्थीलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कलेजले यही २४ र २५ जेठमा लामाचौरस्थित कलेज परिसरमा उक्त एक्स्पो गर्न लागेको हो ।

विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान गरिनुका साथै सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ/इन्फरमेसन टेक्नोलोजीबारे सामान्य व्यक्तिलाई समेत जानकारी गराउने उद्देश्य एक्स्पोको रहेको बताइएको छ ।

एक्स्पो पूर्व सन्ध्यामा २१ र २२ जेठमा क्रमशः टेक्निकल टक कार्यक्रम र अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछ । २३ जेठ बिहान खुला रक्तदान हुनेछ भने एक्स्पोको औपचारिक उद्घाटन २४ गते हुनेछ । टेक्निकल टक कार्यक्रमको मुख्य स्रोतव्यक्तिको रुपमा इन्फो डेभलपर्स काठमाडौंका निर्देशक उमेश रघुवंशी रहने एक्स्पोका संयोजक इ. ताराबहादुर थापाले बताए ।

मेलामा प्रोजेक्ट एक्जिबिसन, कोडिङ प्रतियोगिता, करियर फेयर, गेमिङ प्रतियोगिता, फन गेम, फुड स्टल तथा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने एक्स्पोे अध्यक्ष विवेक भट्टराईले बताए ।

सबै विधाका विजेता विद्यालय तथा प्रोजेक्टलाई समापनमा नगद पुरस्कार तथा ट्र«फी वितरण गरिने छ । सफ्टवयर तथा कम्प्युटर इन्जिनियरिङ–२०१९ ब्याच तथा जिसिइएस आइटी क्लबका विद्यार्थीको सहकार्यमा सञ्चालन हुने मेला बिहान ९ देखि साँझ ५ बजेसम्म चल्नेछ ।

पोखरा र यसआसपासका विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा शिक्षकलाई सो मेला अवलोकनका लागि कलेज परिवारले निम्ता गरिसकेको कलेजका सहायक प्राचार्य अशोकराज पराजुलीले बताए ।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजको रुपमा स्थापित उक्त कलेजमा हाल स्नातकमा सझ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width