गणतन्त्र दिवसका अवसरमा सृजना विकास केन्द्रको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८१
srijana bikas

पोखरा । पोखरा । १७ औं गणतन्त्र दिवस अवसरमा सृजना विकास केन्द्र पोखराको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरे ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्माले कास्की जिल्ला रेडक्रसको नेतृत्वमा सञ्चालित रक्तसञ्चार केन्द्रबारेमा प्रकाश पर्दै रेडक्रसले सञ्चालन गर्न लागेको आधुनिक एवं समयसापेक्ष रक्त सञ्चार गृहको आवश्यकता र औचित्य माथि प्रकाश पारे । उनले गण्डकीमा अन्तर्राष्ट्रिय स्तरको रक्त सञ्चारगृह सञ्चालनको आवश्यकतामाथि प्रकाश पारे ।

केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार हरिप्रसाद बरालले सृजना विकास केन्द्रको गतिविधिको बारेमा प्रकाश पारे ।

रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तादाताको बारे विश्वव्यापी मान्यताको बारेका बताए ।

केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले रक्त सञ्चार केन्द्रलाई आधुनिक प्रविधियुक्त बनाएर मानवीय सेवालाई निरन्तरता दिन प्रदेश सरकार र स्थानीय सरकारले सहयोग पु¥याउन आवश्यक औल्याए ।

संस्थाका उपाध्यक्ष शान्ति शर्माले स्वागत गर्दै संस्थाले स्थापनाकालदेखि गर्दै आएको गतिविधिको बारेमा जानकारी गराइन् । कार्यक्रमका संयोजक बालकृष्ण बरालले रक्तदातालाई धन्यवाद ज्ञापन गरे । सञ्चालन महासचिव चन्द्र गिरीले गरे ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width