संयुक्त राष्ट्रसंघको गण्डकी प्रदेशस्तरीय नमुना महासभा

आदर्श समाज सम्वाददाता
जेठ १४, २०८१
youth thinkers

पोखरा । युथ थिङ्कर्स सोसाइटी पोखराले गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा गरेको छ । विश्व पारिस्थितिकी तंत्र र जैविक विविधतामा विश्वव्यापी वन डढेलोको बढ्दो खतरालाई सम्बोधन र विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवद्र्धन सम्बन्धमा बहस भएको छ ।

गण्डकी प्रदेशको विभिन्न ११ जिल्लाबाट आएका युवा प्रतिनिधि बहसमा सहभागी भएका थिए । युथ थिङ्कर्स सोसाइटी पोखराले राष्ट्रसंघको नमुना महासभा आयोजना गरेर बहस गराएको थियो जसमा सहभागी प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्वको अभ्यास गरेका थिए ।

महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । शुक्रबार जेष्ठ ११ बाट सुरु भएको नमुना महासभा जेठ १३ गतेसम्म चलेको थियो ।

महासभामा सबै सहभागी गरी ५० जना युवा सहभागीहरु थिए । उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारी र विशिष्ट अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री  सीताकुमारी सुन्दास थिए ।

नमुना महासभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विशेष विशेषज्ञ विषय सत्रमा विश्व पारिस्थितिकी तंत्र र जैविक विविधतामा विश्वव्यापी वनडढेलोको बढ्दो खतरालाई सम्बोधन गर्न गण्डकी प्रदेश वन मन्त्रालयका उप-सचिव मेघराज पौडल थिए भने विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवद्र्धन सम्बन्धमा पोखरा विश्व विद्यालयका सहायक प्राध्यापक उज्वल अधिकारी थिए । उक्त आभ्यसमा विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तराष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो ।

युथ थिङ्कर्स सोसाइटी पोखराका अध्यक्ष दिपा अधिकारीले डेलिगेटहरुलाई सौहाद्र्रपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिन् । अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा सु-सम्पन्न भएको हो । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपुर प्रयोग गर्न अनुरोधसमेत गरिन् । समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका मा. उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडा थिए । उनले युवाहरुलाई प्रोत्साहन गर्न यस खाले कार्यक्रमको भूमिका हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width