मुख्यमन्त्री अधिकारी– इयु राजदूत भेट

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
eu

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोसँग आइतबार शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा राजदूत भेरोनिकले इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम, जलवायु परिवर्तनले पारेको असर एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा चासो व्यक्त गरेकी छन् ।

भेटका क्रममा राजदूत लोरेन्जोले गरेको प्रतिवद्धता र देखाएको चासोप्रति मुख्यमन्त्री अधिकारीले अभार व्यक्त गरेका छन् ।

युरोपियन युनियन र नेपालले यो वर्ष ‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ कुटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाइरहेको छ ।

भेटमा प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, सचिवालयका सदस्य, इयुका प्रतिनिधि सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width