पोखरेली गायक विनोद बानिया बेलायत प्रस्थान

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
binod-baniya

पोखरा । पोखरेली गायक विनोद बानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गरेका छन् ।  बेलायतमा हुने दुई कार्यक्रममा प्रस्तुति राख्न उनी बेलायत जान लागेका हुन् ।

गोर्खा कप आफ्टर पार्टी उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लन्डनमा यो कार्यक्रम हुनेछ । जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुतिसमेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एन्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् ।

जुन १ तारिख अल्टरसट लन्डनमा मेलोडी विथ विनोद वानियाँ कार्यक्रम हुनेछ । सहारा युकेको सहयोगमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दै छन् । गायक बानियाँलाई पोखराको सहारा क्ल्बले बिदाइ गरेको छ । उनी खेल गीतमार्फत समेत चर्चामा छन् ।

उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको हो । क्लबका अध्यक्ष केशवराज बराललगायतले उनलाई बिदाइ गरेका छन् । बानियाँले सहारा क्लबले गरेको विश्वासका कारण खेल गीत तर्फको यात्रा सुरु गर्न पाएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग