पोखरामा गोरखापत्रको फोटो प्रदर्शनी

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
gorkhapatra (2)

पोखरा । गोरखापत्र संस्थानको ६२ औँ वार्षिकोत्सव तथा गणतन्त्र दिवस २०८१ को सन्दर्भमा गण्डकी प्रदेशको राजधानी पोखरामा फोटो प्रदर्शनी गरिएको छ ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले फोटो प्रदर्शनी सुरुआत गरेका हुन् । नेपाल पत्रकार महासंघको संयोजनमा भएको प्रदर्शनी कास्कीका पत्रकार, बुद्धिजीवी, मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानलगायतले अवलोकन गरेका छन् ।

नेपालको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको इतिहाससँगसँगै देशका विभिन्न कालखण्ड, घटनाक्रम र नेपाली जनजीवनको प्रतिनिधित्व गर्ने तस्बिरहरू प्रदर्शन गरिएको गोखरापत्र गण्डकी प्रदेश संयोजक रमेश पौडेलले बताए । विसं. १९५८ बाट प्रकाशन यात्रा सुरु गरेको गोरखापत्रका अहिले गोरखापत्र संस्थानमातहत गोरखापत्र राष्ट्रिय दैनिक, गोरखापत्र अनलाइन, द राइजिङ नेपाल दैनिक, मुना मासिक, युवामञ्च मासिक र मधुपर्क मासिक निरन्तर प्रकाशन भइरहेका छन् ।

देशकै जेठो पत्रिका गोरखापत्रको फोटो प्रदर्शनी नेपाली पत्रकारिता चिहाउने आँखीझ्याल भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width