साइकल सिटी पोखरामा श्यामकृष्ण 

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
cycle city

पोखरा । साइकल सिटी पोखराको ११ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्ययक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा दीपक कार्की सचिवमा रामचन्द भट्ट कोषाध्यक्षमा रामनारायण श्रेष्ठ सह-सचिवमा विश्वकुमार विजुक्छे चयन भएका छन् । सदस्यहरुमा हिरा घले, राजीव मुल्मी, झम्पल- लुन्डुप,  रुद्रबहादुर गुरुङ, मानबहादु क्षेत्री छन् ।

कार्यक्रममा प्रमुख अतिथि घरपोजोङ, गाँउँपालिका अध्यक्ष मोहनसिंह लालचन तथा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले स्वास्थ्य वातावरण र पर्यटनको क्षेत्रमा साइकल सिटीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहाकार प्रकाश बजाचार्य, निरज थापा, श्यामकृष्ण श्रेष्ठ लगायतले  बोलेका थिए । साइकल सिटीका कावा  अध्यक्ष जयबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दीपक कार्कीले प्रस्तुत गरेको आथिक प्रतिवेदन सभाले पारित गरेको थियो । कार्यकममा स्वागत मन्तव्य प्रकाश बज्राचार्य र सञ्चालन कोषाध्यक्षा दीपक कार्कीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width