काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौँमा आजदेखि सुरू भएको ‘अन्तरराष्ट्रिय संवाद’ मा उहाँले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।
“जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ । ति समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ । मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ । यि क्षेत्रलाई समस्याबाट जोगाऔँ”, अधिकारीले भन्नुभयो ।
मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । रासस
—
Related News
सम्बन्धित समाचार
बाढीपहिरोबाट तनहुँमा ७ हजार प्रभावित हुने अनुमान
जलवायु परिवर्तनका असरबारे चिन्ता
बकुल्लाको बास जोगाउन आग्रह
अन्नपूर्णमा वृक्षरोपण
लेकसिटीका विद्यार्थीले घार्मीडाँडामा रोपे बिरुवा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१