पूर्व कर्मचारीमा गोलाप्रथाबाट अध्यक्ष चयन

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
purba karmachari

पोखरा । पूर्व कर्मचारी सेवा परिषद कास्कीको अध्यक्षमा गिरधारि सुवेदी निर्वाचित भएका छन् । २८ चैतमा पोखरामा भएको १९ आंै साधारण सभा तथा दशौं अधिवेशनलेसुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो ।

उपाध्यक्षमा सूर्यप्रसाद बराल, सचिवमा राजुराज अधिकारी, कोषाध्यक्षमा प्रभामिलन तिमिल्सिना तथा सदस्यहरुमा नगेन्द्रराज पौडेल, धर्मदत्त बराल, बिलकुमारी कुमाल, लक्ष्मीपति पोखरेल, प्रेमप्रसाद ढकाल, मीनराज बराल र शान्ताकुमारी पौडेललाई निर्वाचित भए । परिषदका अध्यक्ष नरहरि बरालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्य समिति निर्वाचनका लागि पूर्व न्यायाशीष एवं संस्थाका आजीवन सदस्य वासुदेव न्यौपानेको अध्यक्षतामा विष्णुुप्रसाद भण्डारी र वसन्तकेशव भण्डारी सम्मिलित ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । सबै पदमा निर्विरोध भए पनि अध्यक्ष पदका लागि गिरधारि सुवेदी, सूर्यप्रसाद भण्डारी र अनन्तराज लम्साल प्रतिस्पर्धी थिए । निर्वाचन मण्डलको आग्रहबमोजिम गोलाप्रथाद्वारा अध्यक्ष चयन गर्ने निर्णय हुँदा सुवेदी उक्त पदका लागि गोलाद्वारा छनौट भएका हुन् ।

प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव तीर्थ भट्टराईले अधिवेशनको उद्घाटन गरेका थिए । संस्थाका पूर्व अध्यक्ष पिताम्बर बराल र कृष्णप्रसाद बरालले शुभकामना मन्तव्य राखेको उद्घाटन सत्रको सञ्चालन सचिव सूर्यप्रसाद बरालले र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अनन्तराज लम्सालले गरेका थिए । समारोहमा विद्यावारिधि गरेका संस्थाका आजीवन सदस्य विष्णुहरि तिमिल्सेनालगायत ज्येष्ठ सदस्य, भवन निर्माणमा आर्थिक सहयोग गर्ने सदस्य तथा आजीवन सदस्यलाई सम्मान गरिनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा आजीवन सदस्य दुर्गा केसी र केशव ढकाललाई कृष्णचन्द्र पुरस्कार प्रदान गरिएको थियो ।

प्रशासनिक क्षेत्रका दक्ष एवं अनुभवी सुवेदी प्रमुख जिल्ला अधिकारीको रुपमा समेत काम गरिसकेका छन् । उक्त संस्थाको सदस्य लगायत विभिन्न पदमा यस अघि काम गरिसकेका उनी सबै सदस्यबीच लोकप्रिय पनि छन् । उनको कार्यकालमा संस्थाको श्रीवृद्दिमा थप योगदान रहने अपेक्षा आम सदस्यहरुले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width