सामूहिक उद्यम गरे सहयोग प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
Pokhara 12

पोखरा । पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले सिकेको सिप सदुपयोग गर्दै सामूहिकरूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई सहयोग गर्ने जनाएका छन् ।
महिलाहरूका लागि आयोजित हस्तकला तालिमको सोमबार समापनमा प्रमाणपत्र वितरण गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ । उनले महिला दिदीबहिनीको माग आधारमा वडा कार्यालयले एकमहिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको दाबी गरे ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रका सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधैँ रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन् । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन् ।
प्रशिक्षार्थी सुनिता कोइरालाले सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन् । तालिम अवधिमै दर्जन बढी सामग्री तयार हुँदा खुसी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद दिइन् । प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सिप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।

तालिममा वडाभित्रबाट छनोट १५ जना प्रशिक्षार्थीले भाग लिएका थिए । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामग्री तयार गरेका थिए ।
वडा सदस्य एवं तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा सम्पन्न तालिम समापनमा सदस्य गुमादेवी परियाले स्वागत मन्तव्य राखेकी थिइन् भने सदस्य शान्तबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width