ज्येष्ठ नागरिकमैत्री मनोरञ्जनात्मक कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
Jesta Nagarik Photo

पोखरा। पोखरामा ज्येष्ठ नागरिक मैत्री विविध सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी थालिएको छ ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपालको आयोजनामा वैशाख १९, २० र २१ कार्यक्रम गर्न लागिएको हो । संस्थाको सहयोगार्थ जेष्ठ नागरिक मैत्री धार्मिक, सांस्कृतिक नाचगान र भजन कृतनसहितका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्न लागिएको कार्यक्रम मुल समिति संयोजक दुर्गाप्रसाद कोइरालाले जानकारी दिए ।

ज्येष्ठ नागरिकहरुका लागि आवश्यक स्वास्थ्य सुविधा, मनोरञ्जन, धार्मिक एवं आध्यात्मिक चिन्तन गर्ने साथै तिर्थयात्री तथा धर्मालम्बीहरुका लागि भौतिक लागि आवश्यक भौतिक संरचना निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिए । साथै, संस्थाको कार्यालय परिसर भित्र शिव, बुद्ध, तथा विभिन्न देवी देवताको प्रतिमा स्थापना र नेपाली लोक भजन कृतनको संरक्षण र संवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए ।

संस्थाले ज्येष्ठ नागरिकहरुलाई आफ्नो हक अधिकार र नियमानुसार पाउने सुविधाबारे सचेत तुल्याउने काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । उनीहरुमा भएको ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरणको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक सेवाका विविध कार्यक्रम अघि बढाउने संस्थाको योजना रहेको उनले सुनाए ।

संस्थाको लक्ष्य उद्देश्य प्राप्तीका लागि कार्यक्रम गर्न लागिएको संस्थाका महासचिव विष्णुप्रसाद पौडेलले बताए । जसमा ख्यातीप्राप्त कलाकारको साथमा हिमाली सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुती रहने उनको भनाइ थियो । भजन प्रतियोगितामा प्रजापती पराजुली र पुरुषोत्तम न्यौपानले सहयोग गर्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width