शुभकामना महिला विकास केन्द्रको कार्यक्रममा ३१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
blood donation (1)

पोखरा । शुभकामना महिला विकास केन्द्र पोखरा ४ ले बिहीबार पोखरामा गरेको खुला रक्तदानमा ३१ युनिट रगत संकलन भएको छ । पोखरा फोटोग्राफर संघका संरक्षक तथा शुुभकामना महिला विकास केन्द्रका सल्लाहकार गणेश छबिले पहिलो रक्तदाता मनिष श्रेष्ठलाई ब्लड ब्याग हस्तातरण गरेर कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा छबिले केन्द्रले विगत १९ वर्षदेखि लगातार मानवका चाहिने पुण्य दान रक्तदान गरी समाजमा परिपक्क संस्थाको उहाहरणीय बनेको बताए ।

सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले महिला संस्था भए पनि निकै जागरुक भएको बताए । संस्थाका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठले पिछडिएको महिला समाज उत्थानको लागि यो संस्था समर्पित रहेको बताइन् । सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष सीमा कोइरालाले वडा नम्बर ४ रहेको यो संस्थाको कार्यक्रम सधै गहकिलो राम्रो हुने बताइन् ।

रक्त सञ्चार केन्द्रका प्रविधिक महेन्द्र केसीले स्वस्थ १८ वर्ष देखि ६५ वर्ष सम्मका मानिसले रक्तदान गर्न सकिने बताए । सम्झौता नारी जागृति समूहका अध्यक्ष जानुका गौतम रक्तदान कार्यक्रमले धेरै जना मानिसलाई सेवा पुग्ने बताइन् । उक्त अवसरमा बगालेटोल मिसा पुचका सचिव सत्य श्रेष्ठ, निर्देशक भवानी माकाजू कार्यक्रम संयोजक पुष्पा श्रेष्ठले बोलेका थिए । ज्ञानु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव सावित्री श्रेष्ठ र स्वागत लक्ष्मी गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width