मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री     

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
dayashankar

गण्डकी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उहाँले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभयो ।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिनुुभयो ।

सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा पहल भइरहेको बताउँदै उहाँले त्यसका लागि दुवै छिमेकी राष्ट्रसँग पहल भइरहेको बताउनुुभयो ।

विमानस्थलको निर्माण लागेको ऋणको व्यवस्थापनका सम्बन्धमा पनि पहल भएको उहाँले बताउनुुभयो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको योगदानको स्मरण गर्दै उहाँको नाममा स्थापित पुरस्कारले पोखरामा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह भएको बताउनुुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई सम्मान गर्नुभएको थियो । रासस
–––

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width