बुद्ध विशाल बजार एसोसिएसनको रक्तदानमा ६४ युनिट संकलन

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
bishalbajar (1)

पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसनले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ६४ युनिट रगत संकलन भयो ।

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरूङले पहिलो रक्तदाता एसोसिएसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् । उनले सबैभन्दा ठूलो दान रक्तदान भएको भन्दै कार्यक्रम आयोजना गरेकोमा एसोसिएसनलाई धन्यवाद दिइन ।

एसोसिएसनका निर्वतमान अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीले एसोसिएसनले यो वर्ष रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरू गरिरहेको जनाए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत १० औं पटक यो रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार माधव सिग्देल, कस्मेटिक व्यवसायी संघकी अध्यक्ष दुर्गा बराल फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्विबहादुर कुँवरले स्वागत तथा सचिव तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले सञ्चालन गरेका थिए । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी नेतृत्वको टोलीले ससयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width