रुपामा अन्तरआमा समूह हाजिरी जवाफ

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
rupa

पोखरा । रूपा गाउँपालिका २ का अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । ‘चेतनामूलक समाज निर्माणका लागि अध्ययन संस्कृतिको विकास गरौं’ भन्ने उद्‍घोषका साथ रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालय, रूपा ५, फेदीले आयोजना गरेको श्यामलाल श्रेष्ठ स्मृति अन्तरआमा समूह हाजिरी जवाफ प्रतियोगिता शुभारम्भ गर्दै सुवेदीले सो कुरा बताएका हुन् ।

‘सुसंस्कृत र सभ्य समाज निर्माण गर्नु आजको समाजमा ठूलो चुनौती छ,’ युवा नेता सुवेदीले भने, ‘राज्यले नै यसका लागि विशेष पहल गर्नुपर्दछ ।’ फरक प्रसंगमा उनले रूपा ५ का सयलदेखि डोटेलकुना फेदीसम्मका जनताका अपेक्षा र मर्का आफूले बुझेको भन्दै जनताको विकासका लागि सधैं लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशका विभिन्न मन्त्रालयसँग अनुरोध गरेर स्थानीय विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

हाजिरीजवाफ प्रतियोगितामा कालिका एकता आमा समूह प्रथम, दोभान आमा समूह द्वितीय, फेदी नेवाः खल मिसा पुचः तृतीय र प्रगतिशील ब्राह्मण समाजले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेता समूहलाई टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख अतिथि राजन सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा उल्लेखनीय योगदान गरेको भन्दै रूपाका उदीयमान युवा नेता एवं स्व. श्यामलाल श्रेष्ठका नाति सुजन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष गोपीलाल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशील घिमिरेले स्वागत र सम्झना जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width