कृषि अनुसन्धान निर्देशनालयका अधिकृत खिमको बिदाइ

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
lumle progrem photo
पोखरा । कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कार्यरत कम्प्युटर अधिकृत खिमबहादुर क्षत्रीको(४५ वर्ष सेवा) बिदाइ गरिएको छ ।
तत्कालीन बेलायती व्यवस्थापन देखि सेवा प्रारम्भ गरि हाल अनिवार्य अवकाशबाट निवृत्त भएका लुम्ले निवासी अधिकृत क्षत्रीलाई एक कार्यक्रमका बीच सम्मानपत्र, दोसल्ला सहित बिदाइ गरिएको हो ।
उनले त्यहाँ मजदुर, कार्यालय सहयोगी, टाइपिस्ट, कम्प्युटर अपरेटर हुँदै अन्त्यमा कम्प्युटर अधिकृत भई सेवा गरे ।
कार्यक्रममा बोल्दै निर्देशनालयका निर्देशक प्रेनिल केसीले क्षत्री इमान्दार अधिकृत भएको चर्चा गर्दै क्षत्रीको जीवनशैली अनुकरणीय रहेको बताए ।उनले निर्देशनालयको सुखदुखमा क्षत्रीले सधै साथ दिएको स्मरण गर्दै क्षत्रीको दीर्घजीवन र सुस्वास्थ्यको कामना गरे।
अवकाश प्राप्त अधिकृत क्षत्रीले शिक्षण शुल्क तिर्न नसक्ने अवस्थामा आफूले १४ वर्षको उमेरदेखि निर्देशनालयमा सेवा प्रारम्भ गरेको स्मरण गर्दै जीवनका अधिकाशं भोगाई सेवा अवधिकै शिलशिलामा सिकेको स्पष्ट पारे।उनले इमान्दार तथा निष्पक्ष भई कार्य गर्दा गौरव महशुस हुने जनाउँदै निर्देशनालय आफ्नो माइती घर जस्तै भएको औँल्याए ।
क्षत्रीले त्यहाँ वेलायती व्यवस्थापनमा २० वर्ष तथा नेपाल सरकारलाई हस्तान्तरण पश्चात २५ वर्ष ५ महिना अनवरत सेवा गरे ।
कार्यक्रमका बीच स्वैच्छिक अवकाश लिएका प्राविधिक सहयोगीद्वय डिल्लीराम देवकोटा र मिलन बिजुक्छेको पनि बिदाइ गरियो ।
निर्देशक केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम वैज्ञानिक रमेश आचार्यले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width