मकैको भुत्लाबाट फूल बनाउने तालिम

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
Makai ko bhutla

लेखनाथ ।  पोखरा २७ को आर्थिक सहयोग एवं लेखनाथ क्लब पोखरा २६ र २७ घरेलुचौरको आयोजनामा मकैको भुत्लाबाट फूल बनाउने तालिम शनिबार सकिएको छ । पोखरा–२७ को अर्चले र घरेलुचौर गरी दुई समूहमा सञ्चालन गरिएको तालिममा २१ आमा समूहका ६३ जना महिला सहभागी थिए ।

तालिम समापन समारोहमा पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले तालिममा सिकेका सिप अन्य दिदीबहिनीलाई पनि सिकाउन आग्रह गर्दै महिला दिदीबहिनीलाई कसरी सशक्तीकरण गर्न सकिन्छ भन्ने विषयमा वडा कार्यालय सधैंं चिन्तनशील र प्रयत्नशील रहेको उल्लेख गरे । उनले आफ्नो हक अधिकार स्थापित गर्न वडासँग समन्वय गर्दै अघि बढ्न आग्रह गरे ।

लेखा अधिकृत रवीन्द्र अधिकारीले सिप विकास तालिमले व्यक्तिगत र सामाजिकरुपमा फाइदा पुग्ने बताउँदै सिकेका सिपको सदुपयोग गर्न आग्रह गरे । उनले वडा नम्बर २७ महानगरकै सबैभन्दा बढी विकास बजेट खर्च र सदुपयोग गर्न सक्षम वडा भएको दाबी गर्दै यसको श्रेय जनप्रतिनिधि, कर्मचारी एवं सम्पूर्ण वडाबासीलाई जाने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले खेर जाने वस्तुबाट यस किसिमका वातावरणमैत्री फूलहरु बनाउँदा वातावरण प्रदूषण हुनबाट जोगिनुका साथै स्वरोजगारको सिर्जना भई आयआर्जनको माध्यम बन्ने र महिला आत्मनिर्भर हुने दाबी गरिन् ।

कार्यक्रममा लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले हिजोको दिनमा खेर जाने वा गाईवस्तुलाई खुवाइने मकैको भुत्लालाई आज आर्कषक फूलको रुपमा रुपान्तरण गर्न सकिएको बताउँदै तालिमको लागि सहयोग गर्ने २७ नं. वडा परिवारलाई आभार व्यक्त गरे ।

क्लबका सल्लाहकार एवं अर्घाैंंपौवा नेवा खलःका अध्यक्ष प्रकाशलाल श्रेष्ठले सिपमूलक तालिमको माध्यमबाट आत्मनिर्भर हुनुका साथै आयआर्जन वा रोजगारीमा समेत राम्रो अवसर प्राप्त गर्न सकिने बताए ।

प्रशिक्षार्थीको तर्फबाट गाईखुरे टोल आमा समूहकी हिमाली थापाले घाम तापेर बस्ने गरेको समयमा फूल बनाउने तालिम लिन पाएकोमा उत्साहित भएको बताइन् । उनले यसलाई निरन्तरता दिएर व्यावसायिक बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि सिपमूलक र आयमूलक तालिम सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।

प्रशिक्षक हेमकुमारी पुनले मकैको भुत्लाबाट फूल बनाउने प्रशिक्षण दिएकी थिइन् । तालिममा उत्कृष्ट हुन सफल प्रथम, द्वितीय, तृतीय र सान्त्वना २ जनालाई क्रमश ७ हजार, ५ हजार, ३ हजार र २/२ हजार पुरस्कार प्रदान गरिएको थियो ।

क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मेजर रामबहादुर गुरुङले स्वागत र सचिव सन्दीप थापाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width