५३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
blood donation

पोखरा । पोखरा महानगरपालिका– १२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको हो । वडा कार्यालय र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजना तथा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम राखिएको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्यले बताए ।

कार्यक्रममा विभिन्न ठाउँबाट आएका मानिसहरूले रक्तदान गरेका थिए । रगतकै अभावले कोही पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

‘रगतको अभाव नहोस् र रक्तदान जीवनदान हो भन्ने भावनाको विकास होस् भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो,’ उनले भने । पछिल्लो समय वडा कार्यालयले विकास निर्माणका कामसँगै सामाजिक कार्यक्रम पनि गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width