मादीको चिप्लीमा शिवरात्रि मेला तयारी

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
chiple

पोखरा । कास्कीको मादी गाउँपालिका ६ चिप्लीस्थित सिद्ध युवा क्लबको आयोजनामा महाशिवरात्रि मेला हुने भएको छ ।

२०४४ सालमा स्थापित क्लबले गर्दै आएको मेलालाई यसपालि थप व्यवस्थित बनाउने गरी तयारी थालिएको क्लबले जनाएको छ । क्लबको ३६ औं वार्षिकोत्सवका अवसर पारेर फागुन २४ देखि २६ गतेसम्म मेला हुनेछ ।

क्लबले बर्सेनि गर्दै आएका खेलहरुले यसपालि पनि निरन्तरता पाउने छन् । भलिबल, छेलो, डोरी तान्ने, महिलाका लागि घैंटो फुटाइ खेल पनि खेल संयोजक सुरज विकले बताए ।
क्लबले खेलमैदानमा निर्माण गरेको मञ्च पनि मेलाकै अवसरमा उद्घाटन गरिने भएको छ । मञ्चको उद्घाटन मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गर्ने तय भएको क्लब अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width