मगर दिवसमा वालिङ, कालिगण्डकी र हरिनासमा भोलि बिदा

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
bida

पोखरा । मगर दिवसका अवसरमा स्याङ्जाका ३ पालिकाले सार्वजनिक बिदा दिएका छन् । मगर दिवसको अवसरमा फागुन १५ गते मंगलबार सार्वजनिक बिदा दिइएको ती पालिकाले जनाएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका, कालिगण्डकी गाउँपालिका र हरिनाश गाउँपालिकाले १५ गते बिदा दिएका हुन् ।

वालिङका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा जारी विज्ञप्तिमा पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।

नगरप्रमुख स्तरीय निर्णयअनुसार सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

कालिगण्डकी र हरिनाशले समेत सोही प्रकृतिको विज्ञप्ति निकालेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width