लेखनाथ खानेपानीको १९ औं सभा

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
lekhnath khanepani

लेखनाथ । लेखनाथ नगरपालिकाका पूर्व मेयर एवं लेखनाथ खानेपानी उपभोक्ता संस्थाका परिकल्पनाकार शालिकराम पौडेलले सिमसार क्षेत्रको जलाधारमा मूलको पुनर्भरण क्षेत्रमा हुने मानवीय क्रियाकलापले मूलको पानी धमिलो र फोहोर बढ्दै गएको बताएका छन् । उनले स्रोत र साधनको उपभोक्ताले नै उचित संरक्षण गरेर उपभोग गर्नु अहिलेको आवश्यकता भएको बताए । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको १९ आंै वार्षिक साधारण सभाको मादी गाउँपालिका वडा नं. ७ को गिउजे खोला मुहानमा शुक्रबार उद्घाटन गर्दे सो कुरा बताएका हुन् ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले विकासका नाममा विनाशकारी कार्यले वर्तमान अवस्थामा सडक निर्माणको कार्यले संस्थाको आर्थिक र जनजीवनमा प्रभावित पारेकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । शर्माले जनताका समस्या जनताले गर्ने समाजवाद उन्मुख योजना गरी संस्थालाई अघि बढाउनुपर्ने धारणा राख्दै खानेपानी उपभोग गर्ने जनसंख्या ८८ हजार ६ सय ५ लेखनाथवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको बताए ।

संघीय खानेपानी कार्यालयका प्रमुख कुलप्रसाद पौडेलले लेखनाथमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिकरुपमा बढ्दै गएको बताए ।

मादी ७ का अध्यक्ष दुर्गाबहादुर गुरुङ, मादी ५ का अध्यक्ष होमनाथ अधिकारी, लेखनाथ खानेपानी उपभोक्ता संस्था समितिका पूर्व अध्यक्ष विष्णु बराल, बोधराज लामिछाने, विश्वप्रकाश लामिछाने, सञ्चालक समितिका सदस्य सूर्यनाथ भण्डारी, नारायण थापा, क्या.इन्द्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, संगीता पुन, नारायण हरि अधिकारीलगायतले बोलेका थिए ।

कार्यक्रममा कार्यालय प्रमुख शिवप्रसाद अमात्य, हरिप्रसाद पौडेल र पूर्व अध्यक्ष बोधराज लामिछानेलाई नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले धन्यवाद ज्ञापन गरे भने कोषाध्यक्ष भरतराज न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन पेस गरे । कार्यक्रमम सञ्चालन सचिव नारायणी भट्टराई (रक्षा) ले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width