लैंगिक हिंसाविरुद्ध सराङकोटवासी प्रतिबद्ध

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
himsa
पोखरा । लैंगिक हिंसा नगर्ने पोखरा–१८, सराङकोटवासीले प्रतिबद्धता जनाएका छन् । वडाको आयोजना तथा महानगर सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा बुधवार तथा बिहीवार भएको लैंगिक हिंसाविरुद्ध पुरुष महिलाको ऐक्यबद्धता कार्यक्रमका बीच वडावासीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सहभागीले लैंगिकतामा आधारमा हुने सबैखाले भेदभावको अन्त्य गर्नुपर्ने भन्दै त्यसमा आफूहरु प्रतिबद्ध रहेको सुनाए । महिलाका अधिकार मानव अधिकार हुनु भन्ने चेतना सबैमा आउनु पर्दछ, नर नारी समाजरुपी रथमा २ पांग्रा भएको सराङकोट टप टोलका हरिश्चन्द्र चपाईंको भनाई छ ।
वडावासीले लैंगिक हिंसा जीवनसाथी, परिवारका सदस्य, छिमेकी तथा आत्मिय व्यक्तिहरुबाटै अधिक हुने गरेको औँल्याउँदै सबैले आ–आफ्नो घरबाट हिंसा रोक्न पहल गर्नुपर्ने जनाए ।
वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले कानुनको व्यावहारिक कार्यान्वयमा जोड दिए ।उनले महिला पुरुषको शिक्षामा समान पहुँच, सम्पति माथिको समान स्वामित्व स्थापित गर्नुपर्ने भन्दै जनचेनता जगाउने खालमा अभिभुखीकरण कार्यक्रम सञ्चालनमा वडा सधै सकारात्मक रहेको सुनाए ।
वडा सदस्य कल्पना ढकाल क्षत्रीले खानदान, परिवार, बुवा, आमा र दाजुभाईको इज्यत बचाउन भन्दै कतिपय महिला दिदीबहिनीले पीडायुक्त जीवन जीउनुपर्ने गरेको अनुभव राख्दै अवका महिला दिदीबहिनीले अन्याय सहन नसक्ने जनाइन् ।उनले खुलेर हिंसाविरुद्ध मुकाविला गर्न आग्रह समेत गरिन् ।
वडा सदस्य मीनाकुमारी नेपालीले छोराछोरीलाई समान व्यवहार गर्ने परम्परा बसाल्न अभिभावकलाई सुझाव दिँदै पुरुष र महिला बीच समानता भए परिवार सशक्त बन्ने धारणा राखिन् ।
त्यस अवसरमा महिला विकास अधिकृत विष्णुमाया पौडेल, पत्रकारद्वय दीपेन्द्र श्रेष्ठ र श्रीभद्र पौडेलले सहजीकरण गरे । उनीहरुले लिंग र लैंगिकता बीचको फरक केलाउँदै विभेदकारी भूमिकामा परिवर्तन ल्यानुपर्ने स्पष्ट पारे । सार्वजनिक संघसंस्थामा महिला नेतृत्व बढाउनुपर्ने भन्दै सहजकर्ताहरुले लैंगिक हिंसा बिरुद्ध शून्य सहनशीलता कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा पोखरा १८ स्थित टोल विकास संस्था, आमा तथा महिला समूहका प्रतिनिधि एवम् स्थानीयवासीको सहभागिता रहयो ।
वडा सदस्य क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम वडा सचिव मीना बराल पौडेलले सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width