प्रतिभा माविमा ‘फुड फेस्टिभल’

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
Prativa Food Festival

पोखरा । प्रतिभा माविमा शनिबार खाना महोत्सव (फुड फेस्टिभल) भएको छ । पाठ्यपुस्तकमा पढेका विषयलाई व्यवहारमा अभ्यास गराउने उद्देश्यसहित फेस्टिभल गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभल गरेका हुन् । पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले फेस्टिभल उद्घाटन गरे । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फुड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फुड फेस्टिभल गर्न थालिएको हो ।

विद्यालयमा विज्ञान विषयका विद्यार्थीले विज्ञान प्रदर्शनी, व्यवस्थापन विषयका विद्यार्थीले बिजनेस प्लान प्रस्तुति र होटल व्यवस्थापनका विद्यार्थीले फूड फेस्टिभल गर्दै आएका छन् । प्राचार्य सापकोटाका अनुसार गतवर्षको फेस्टिभलबाट ३५ हजार रुपैयाँ बचत भएको र त्यो पैसा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ती दिनेगरी विद्यार्थीले नै व्यवस्थापन गरेका छन ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्लो समय विश्वकै ठूलो व्यावसाय पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम निकै नै रचनात्मक हुने बताए । उत्प्रेरक वक्ता डा. रवीन कटुवालले होटल ब्यबस्थापनको अब्बल जनशक्ति तयार गर्नका लागि विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कटुवालले विदेश जाने जनशक्तिलाई रोक्नका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए ।

प्रमुख अतिथि पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले विद्यालयमा लिएको शिक्षा मात्र पर्याप्त नहुने भएकोले व्यावहारिक ज्ञान आवश्यक परेका बताए । ‘विद्यालयको शिक्षाले मात्र पुग्दैन त्यो शिक्षा व्यावहारिक पनि हुनुपर्छ,’ उनले भने, ‘सीकाईलाई सिपमा बदल्न यस्ता गतिविधि आवश्यक छ ।’
होटल व्यवस्थापन विषयकी विद्यार्थी तथा कार्यक्रमकी अध्यक्ष समेत रहेकी अफ्रिन घलेले आफूहरुका लागि यो सिकाई निकै नै महत्वपूर्ण रहेको बताइन् । विद्यालय परिसरमा विभिन्न स्टल राखेर विद्यार्थीले परिकारहरु पस्केका थिए । विद्यार्थीले नै विभिन्न कला पनि प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मादीको चिप्लीमा शिवरात्रि मेला तयारी

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । कास्कीको मादी गाउँपालिका ६ चिप्लीस्थित सिद्ध युवा क्लबको आयोजनामा महाशिवरात्रि मेला हुने भएको छ । २०४४ सालमा स्थापित…
  • मगर दिवसमा वालिङ, कालिगण्डकी र हरिनासमा भोलि बिदा

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । मगर दिवसका अवसरमा स्याङ्जाका ३ पालिकाले सार्वजनिक बिदा दिएका छन् । मगर दिवसको अवसरमा फागुन १५ गते मंगलबार…
  • लेखनाथ खानेपानीको १९ औं सभा

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    लेखनाथ । लेखनाथ नगरपालिकाका पूर्व मेयर एवं लेखनाथ खानेपानी उपभोक्ता संस्थाका परिकल्पनाकार शालिकराम पौडेलले सिमसार क्षेत्रको जलाधारमा मूलको पुनर्भरण क्षेत्रमा…
  • पोखरामा गुञ्जिए १२ भाषाका रचना

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा पोखरामा शनिबार एक कार्यक्रमका बीच १२ मातृभाषामा रचना गुञ्जिएका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान…
  • सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र   

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    ढोरपाटन ।   सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर…

hero news full width