मेडिप्लस हस्पिटल अध्यक्षमा डा. आनन्द

आदर्श समाज सम्वाददाता
माघ २१, २०८०
Mediplus

पोखरा । मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिको अध्यक्षमा डा. आनन्द भट्टराई चयन भएका छन् ।

शनिबार पोखरामा भएको संस्थाको पाँचौं साधारण सभा तथा प्रथम अधिवेशनबाट डा. भट्टराई अध्यक्षतामा ६ सदस्यीय समिति चयन गरेको हो ।

प्रालिको सञ्चालक सदस्यमा संस्थापक अध्यक्ष रमेशकुमार थापा, रामजीप्रसाद बास्तोला, डा. निरज रञ्जीत, डा. सरोज पोखरेल र विक्रम पराजुली चयन भए ।

अधिवक्ता रमेश गिरी संयोजक रहेको मण्डलले निर्वाचन कार्यक्रम गराएको थियो ।

कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष रमेशकुमार थापाले गरेको हस्पिटलका प्रशासन अधिकृत रञ्जना आले रञ्जुले जानकारी दिइन् ।

पोखरा ११ रानीपौवामा स्थापित हस्पिटले पोखरामा अत्याधुनिक विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width