‘१२ दुर्वासा’ को मञ्चन सकियो

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
12 durbasas

पोखरा । नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुस २६ गतेबाट सुरु भएको नाटकमा यस अगाडि मञ्चन भएका नाटकभन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो ।

सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरे । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ जना कलाकारले अभिनय गरेका थिए ।

रमेश बाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुशन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज आदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल थिए ।

अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको कारण समेत दर्शकले नौलो अनुभव समेत लिन पाए । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको संस्थापक सदस्य गुरुङले बताए ।

‘सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बनेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width