महिला स्वास्थ्य स्वयंसेविका सञ्जालको रमाइलो कार्यक्रम

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
health volunteer

पोखरा । महिला स्वास्थ्य स्वयंसेविका सञ्जालको आयोजनामा बुधबार पोखरामा रमाइलो कार्यक्रम भएको छ ।

सञ्जालका संरक्षक एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रम उद्घाटन गर्दै सञ्जालको सकारात्मक गतिविधिको शुभकामना दिए ।

सञ्जाल अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, कास्की जिल्ला जनस्वास्थ्य प्रमुख राम नेपाली लगायत बोलेका थिए ।

स्वयंसेविकातर्फबाट गायत्री भूर्तेल, वडा ५ इन्चार्ज शान्ति पौडेल, वडा २ का दीपेन्द्र रेग्मी, स्वास्थ्य महाशाखाबाट तेजाखर लम्साल लगायतले स्वास्थ्य क्षेत्रसहित विभिन्न विषयबारे बोलेका थिए ।

पोखरा महानगरका जनप्रतिनिधिको घोषणापत्रमा उल्लेख भएबमोजिम स्वास्थ्यमा आधारित प्रतिबद्धतालाई महिला स्वयंसेविकाले घरघरमा गई सरसफाइ तथा स्वास्थ्यको अभियानमा सहकार्य गर्दै जाने सञ्जालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width