मिस तामाङका प्रतियोगीलाई साइबर सेक्युरिटी तालिम

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
cyber security training

पोखरा । मिस तामाङ पोखराका सहभागीलाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले सहभागीलाई डिजिटल माध्यमको उपयोगिता र सजगताबारे प्रशिक्षण दिएका थिए । उनले डिजिटल माध्यम, सामाजिक सञ्जालको प्रयोग गरी ठगी तथा अपराध, धम्की तथा ब्लाकमेलिङका घटनाहरू बढिरहेकाले सजगता अपनाउनुपर्नेमा जोड दिए ।

४५ दिन लामो तालिमका लागि विभिन्न क्षेत्रका विज्ञहरूले सहजीकरण गरेका छन् । तालिममा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवं सौन्दर्यविद् मीना गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ घेदुङका उपाध्यक्ष दीपक वाइबा तामाङ, नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङ, खोजराज गोले लगायतले तालिममा सहजीकरण गरेको कार्यक्रम संयोजक प्रीति तामाङले जानकारी दिइन् ।

तालिमका दौरान सहभागीलाई सार्वजनिक भाषण कला, व्यक्तित्व विकास, साइबर सेक्युरिटी, करियर व्यवस्थापन, तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनबारेमा तालिम प्रदान गरिएको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते गर्दै छ ।

प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीको सहभागिता रहेको छ । सहभागीहरूमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङ्जी तामाङ, र वर्षा लामा तामाङ रहेका छन् । मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार र सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार प्राप्त गर्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

Related News

सम्बन्धित समाचार

  • उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

    आदर्श समाज सम्वाददाता माघ २८, २०८०
    पोखरा । साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार…
  • मिस तामाङ ग्रान्ड फिनाले शनिबार

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा । मिस तामाङको ग्रान्ड फिनाले शनिबार हुँदैछ । तामाङ समुदायका १० जना युवती विभिन्न तालिमपछि पोखरा सभागृहमा स्टेज उत्रिदैछन्…
  • नेपालीपनको कथा ‘धनिरामको गोरू’

    आदर्श समाज सम्वाददाता माघ १६, २०८०
    पोखरा । पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म ‘धनिरामको गोरू’ नाटक मञ्चन तयारी गरिएको छ । केदारनाथ…
  • ‘१२ दुर्वासा’ को मञ्चन सकियो

    आदर्श समाज सम्वाददाता माघ १६, २०८०
    पोखरा । नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुस २६ गतेबाट सुरु भएको नाटकमा यस अगाडि मञ्चन…
  • ‘सापटी काका’ जसले चामल साटेर फि तिर्थे

    विजय नेपाल पौष २१, २०८०
    पोखरा । २०४६ सालतिरको घटना हो, बाबु बित्दा ४ कक्षामात्र पढ्थे उनी । त्यसपछि एक दशकसम्म त आफूले पेटभरि खान…

hero news full width