पोखरा ११ का महिलालाई सिलाइकटाइ तालिम

आदर्श समाज सम्वाददाता
पौष २७, २०८०
pokhara 11 training

पोखरा । पोखरा ११ का महिलाका लागि सिलाइकटाइ तालिम शुक्रबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ को कार्यालले १ महिनादेखि सञ्चालन गरेको तालिममा २२ जना सहभागी थिए । महिला सशक्तीकरण तथा आत्मनिर्भरताका लागि १ महिने विशेष तालिम गरिएको हो ।

वडा सदस्य टुकुरादेवी परियारको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रमाणपत्र प्रदान गरिन् । सांसद गुरुङले समाज परिवर्तनका लागि महिला सशक्तीकरण जरुरी रहेको बताइन् ।

तालिम पञ्चकन्या टेनिङ इन्स्टिच्युटको हलमा सञ्चालन भएको थियो । उदघाटन कार्यक्रम पिपलडाली आमा समूहको सदस्य शान्ति कुमारीले सञ्चालन गरेकी थिइन् । समापन कार्यक्रम सिद्देश्वर महिला समूहका सचिव जमुना बास्तोलाले सञ्चालन गरेकी थिइन् ।

सहभागीलाई सुकबहादुर परियारले सहजीकरण गरेका थिए । कार्यक्रममा सीता थापाले वडा कार्य समितिलाई धन्यवाद ज्ञापन गरिन् । उक्त अवसरमा समाजसेवी शारदादेवी बास्तोला, वडा जनप्रतिनिधि १३ का महिला सदस्य सुचित तामाङ, वडा सदस्य सुशील बास्तोला, विशिष्ट अतिथि वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य लगायतले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width