४ विद्यालयका ८३ विद्यार्थीलाई ट्रयाकसुट

आदर्श समाज सम्वाददाता
पौष २६, २०८०
Trackshot bhawanis

स्याङ्जा । पुतलीबजार नगरपालिका — ११ स्थित सामुदायिक विद्यालयमा अध्ययरत ८३ जना बालबालिकालाई ट्रयाकसुट उपलब्ध गराइएकोे छ । सामुदायिक विद्यालय विकास कार्यक्रम अन्तर्गत वडाभित्रका ४ वटा विद्यालयमा अध्ययरत सबै बालबालिकालाई नगरप्रमुख तुलसीराम रेग्मीले ती कपडा प्रदान गरेका हुन् ।

न्यानो कपडा (ट्रयाकसुट) प्रदान गर्दै नगरप्रमुख रेग्मीले सामुदायिक विद्यालयतर्फ बालबालिकाको अध्ययरत दर बढाउनका गुणस्तरीय शिक्षासहित यस्ता लाभकारी थप स्किम ल्याउन नगरपालिकाले सहयोग गर्ने बताए ।

प्रमुख रेग्मी भन्छन्, ‘विद्यार्थी घट्नुमा विभिन्न कारण भए पनि, जति छन् उनीहरुलाई टिकाउनु र गुणस्तरी शिक्षा दिनु हामी सबैको जिम्मेवारी हो ।’

वडाभित्रका सबै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको र आउँदा दिनमा पनि न्यानो कपडा दिइने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको भनाइ छ । नगरप्रमुख रेग्मीले एकैदिन विश्व शान्ति आवासीय मावि, दिव्यज्ञान आवासीय माविमा, महेन्द्र देववाणी आवासीय मावि र विद्यादेय आवासीय माविमा अध्ययनरत ८३ जना विद्यार्थीलाई कपडा वितरण गरेको वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिए ।

वितरण कार्यक्रममा कार्यपालिका सदस्य संजिता अर्याल, वडा सदस्यहरु विष्णुबहादुर पराजुली, अशोक रेग्मी, सुुनिता नेपालीले शैक्षिक गुणस्तर बृद्धिका लागि यसअघि पनि वडा कार्यालयले शैक्षिक सामग्री उपलब्ध गराएको बताए।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width