महिला संघ कास्कीको कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
mahila sangh

पोखरा । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार नेपाल महिला संघ कास्कीले महिलाका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशकी मन्त्री सरस्वती अर्याल तिवारीले महिलाहरु आफै जागरुक भएर अगाडि बढ्नुपर्ने बताइन् ।

पालो पर्खेर बस्ने भन्दा पनि अधिकारकार लागि महिलाहरु नै अग्रसर हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले कानुनी सचेतनाका बारेमा सहजीकरण गरेका थिए । उनले महिला अधिकार र त्यसका बारेमा बनेका कानुन, तिनको प्रयोग र व्यवहारका बारेमा जानकारी गराए । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले डिजिटल लिट्रेसी, भ्रामक र मिथ्या सूचनाका साथैै कुप्रचारका बारेमा सहजीकरण गरिन् ।

नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले जिल्ला नेतृत्व महिला अधिकारका बारेमा सचेत रहेको भन्दै हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आफू प्रयत्नरत रहने बताए । महिला संघ कास्की सभापति मीना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति इन्द्रमाया बानियाले स्वागत र धन्यवाद महिला संघ कास्की प्रवक्ता अम्बिका ढकालले धन्यवाद् व्यक्त गरेको सचिव रामकुमारी पौडेलले बताइन् । २ सयभन्दा बढी सहभागी रहेको कार्यक्रममा नेविसंघ जिल्ला सभापति गौरव बरालले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width