पोखरामा मनाइयो मानवअधिकार दिवस

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
kaski human right dar news 2080-8-24 (2)

पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा प्रभातफेरी गरी मनाइएको छ ।
गण्डकी प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार महाभेला गण्डकी प्रदेशको सयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । पोखराको मानव अधिकार चोक चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी तथा ¥याली सभागृह पुगेर सभामा परिणत भएको थियो ।

सभामा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले गण्डकी प्रदेश सरकार मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्न प्रतिवद्ध रहेको बताइन् । मानव अधिकार रक्षा सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा सामाजिक संघ संस्थाको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । उनले अहिले पछिल्लो समय मुलुक भरिनै महिला र बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि भइरहेको परिवेशमा यस्ता घटना कम गर्न पहल गर्ने बताइन् । उनले महिला विरुद्धको सबै खाले हिंसाका विरुद्धमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त प्रमुख खिमलाल सुवेदीले राष्ट्रिय मानवअधिकार आयोगले समग्र मानवअधिकारको अवस्थाको अनुगमन गरिरहेको जानकारी गराउँदै मानवअधिकारको संरक्षणमा राज्यले सन्तोषजनका भूमिका निर्वाह गर्न नसकेको बताए । मानव अधिकार महाभेला गण्डकी प्रदेशका संयोजक बिना सिलवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानवअधिकारको संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्नेमा आम नागरिकले त्यस्तो अनुभूति गर्न नपाएको गुनासो व्यक्त गरिन् ।

कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले मानव अधिकारको विषय सबैको साझा विषय भएकाले मानवअधिकारको संरक्षणको लागि सामाजिक संघ संस्थाहरु सरकार सँग समन्वय र सहकार्यमा काम गर्न सधै तयार रहेको बताए । राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपांगता भएका क्षेत्रलाई राज्यले जति सम्बोधन गर्नुपर्ने हो सो अनुसार नगरेको गुनासो व्यक्त गरे ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले इन्सेकले गरेको अनुगमनले गण्डकी प्रदेशमा महिला र बालबालिकामाथि हुने हिंसाका घटना वृद्धि भएको जानकारी गराउँदै यस्ता घटना कम गर्न स्थानीय तहदेखि प्रदेश सरकारले समेत कार्यक्रम र बजेटमा वृद्धि गर्न अनुरोध गरे ।

प्रभातफेरीमा सरकारी कर्मचारी, सुरक्षा निकाय, मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाबाट सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width