लेखनाथ महोत्सव सफल पार्न कस्सिए आमा समूह

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०८०
Lekhnath Mahotsav aama Samuha

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला आमा समूहको शुक्रबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

भेलामा महोत्सवका निर्देशक तथा पूर्व अध्यक्ष एवं चतुराखर अधिकारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको दाबी गर्दै महिला आमा समूहको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाइ हासिल गरेको बताउँदै आगामी दिनमा यस्तै साथ सहयोग पाउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो पहिचान भएको र यसलाई जोगाउने एक मात्र संस्था लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको बताउँदै १९ औं संस्करणको लेखनाथ महोत्सवलाई एक मन र एकताका साथ सफल बनाउन महिला दिदीबहिनीले सहयोग पु¥याउनुपर्ने बताइन् ।
महिला समूहको तर्फबाट पार्वती थापाले लेखनाथ महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्नुपर्ने बताउँदै महिलाहरूको उद्यमशीलताको विकास, क्षमता अभिवृद्धि, आयआर्जनलगायत विषयमा विगतका दिनमा पनि संघल पहल गर्दै आइरहेको उल्लेख गरिन् । उनले आगामी दिनमा यसतर्फ महिला दिदीबहिनीले चासो बढाउनुपर्ने समेत बताइन् ।

भेलाका सहभागीहरूले महोत्सवमा महिला/आमा समूहको सक्रियता उल्लेख्य हुने गरेको र संघले पनि त्यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । अधिकांशले मातृशक्तिको सम्मानमा आयोजना गरिने कार्यक्रम रत्यौली प्रतियोगिता अलि तामझामपूर्ण र भड्किलो बन्दै गएकोमा यसतर्फ आयोजकले ध्यान दिनुपर्ने बताए ।

महोत्सव सञ्चालनार्थ ९ सदस्यीय निर्देशक समिति, ४१ उपसमिति र १२० सदस्यीय कार्यसम्पादन समिति गठन

संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले भेलामा उठेका सुझावलाई मनन गर्दै यसपालिको रत्यौली प्रतियोगितामा गीत, भेषभूषा र प्रस्तुतिको आधारमा मूल्यांकन हुने र त्यसमा बाजागाजालगायत कुराहरू स्वैच्छिक हुने र त्यसको आधारमा अंक नदिइने बताएका थिए । उनले महिलाका उत्पादनहरू प्रदर्शन एवं बिक्रीका लागि महोत्सवमा ४ वटा निशुल्क स्टलको व्यवस्था गरिएको बताउँदै त्यसको लाभ लिनसमेत आग्रह गरे ।

कार्यक्रममा झाँकी र्‍याली व्यवस्थापन उपसमितिकी संयोजक एवं पोखरा २७ की वडा सदस्य बुद्धिमाया मगरले महोत्सवले सम्पूर्ण जातजाति, भाषाभाषी एवं समुदायका मानिसलाई एकैथलोमा जम्मा गरेर मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने काम गरेको बताइन् । यसपालि महोत्सवमा झाँकी ¥याली अझै व्यवस्थित गरिनुका साथै विगतका योगदानलाई अझै कदर गर्ने प्रयास गरिएको बताइन् ।

संघका सल्लाहकार एवं महिला/आमा समूह परिचालन उपसमितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन रत्यौली कार्यक्रमकी संयोजक एवं महिला उद्यमी उप–समितिकी संयोजक गंगाकुमारी मल्लले गरेकी थिइन् ।

पुस ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्न ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकलाई आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचारप्रसार समिति संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्युट्रिप्लस शुद्ध तोरीको तेल र प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उपसमिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width