कास्की कांग्रेस टोली जाजरकोटतर्फ

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
Congress helps

पोखरा । नेपाली कांग्रेस कास्कीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ मंगलबार प्रस्थान गरेको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट, सहसचिव नवीन सिग्देल र जिल्ला सदस्य बाबुराम गिरीको टोली नगद रकम र लत्ताकपडासहित जाजरकोट प्रस्थान गरेको हो ।

कास्की कांग्रेसका कार्यकर्ता र शुभेच्छेकबाट संकलितल ८ लाख २ हजार ८ सय ८२ रुपैयाँ नगद र ५७ हजारको बराबरको लत्ताकपडा लिएर टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त रकम जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जाजरकोट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

टोली बुधबार जाजरकोट पुग्ने र राहत रकम तथा लत्ताकपडा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने बताइएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width