अधिकारका लागि लड्दै ज्येष्ठ नागरिक

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
old aged

पोखरा । ज्येष्ठ नागरिकलाई संविधान र कानुनले विशेष सुविधा दिनुपर्ने उल्लेख गरेको छ । कानुनमै उल्लिखित सुविधा माग गर्दा उनीहरुले उल्टै अभद्र व्यवहार खेप्नु परेको छ । व्यावहारिकरुपमा अधिकार प्राप्तिका लागि पहल गरिदिनका लागि ज्येष्ठ नागरिक समाज गण्डकीले सरोकारवाला कार्यालयलाई ज्ञापन पत्र बुझाउने कामलाई निरन्तरता दिएको छ ।

गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरलाई अधिकारका लागि ज्ञापनपत्र बुझाएको समाजले जिल्ला प्रशासन कार्यालय पर्वत र कुश्मा नगरपालिकामा पनि ध्यानाकर्षण गराएको छ । अध्यक्ष धु्रवराज अधिकारी सचिव रामप्रसाद सुवेदी सहसचिव प्रेमलाल लम्साल, सदस्य भक्तराज सुवेदी र निवृत राष्ट्र सेवक समाज नेपाल पर्वतका अध्यक्ष वसन्त सिके समेतले ज्ञापनपत्र बुझाएका छन् ।

ज्येष्ठ नागरिकलाई औषध उपचार तथा सार्वजनिक यातायातमा राज्यले व्यवस्था गरेअनुरुपको छुट पाउनुपर्ने लगायतका १० बुँदे ज्ञापनपत्र ज्येष्ठ नागरिक समाजले अगाडि सारेको छ । यातायात र औषधोपचारमा परिचयपत्र आधारमा ५० प्रतिशत छुट दिइनुपर्ने, सरकारी अस्पतालमा टिकट लिनेदेखि डाक्टरले गर्ने परीक्षण, ल्याब, स्क्यान र औषधी लिने कक्षसम्म लाइन बस्नु नपर्ने व्यवस्था गर्ने लगायत माग मञ्चले अगाडि सारेको छ ।

आफूहरुले नेपालको संविधान र त्यस अनुरुप बनेका कानुनमा भएको व्यवस्था अनुरुप नै माग राखेको अध्यक्ष अधिकारीले बताए । उनले कानुनमा व्यवस्था गरिए पनि ज्येष्ठ नागरिकले अहिले पनि सार्वजनिक सवारीसाधन र अस्पतालमा अधिकार माग्दा दुव्र्यवहार भोग्नुपरेको पीडा सुनाए ।

ज्ञापन पत्र बुझ्दै पर्वतका प्रजिअ प्रेमप्रसाद आचार्य र उपमेयर स्वस्थानी रिजालले ज्येष्ठ नागरिकका समस्या सुनेको र आआफ्नोतर्फबाट प्रवाह हुने सेवासुविधामा ज्येष्ठ नागरिक प्राथमिकतामा पर्ने बताए । उनीहरुले उनले महानगरले ज्येष्ठ नागरिकका अधिकार व्यावहारिकरुपमा प्राप्तिका लागि केन्द्र सरकार, प्रदेश सरकार र सरकारका निकायसँग सहकार्य गर्ने आश्वासन दिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width