पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
help

पोखरा । फ्लोरिङ फर्निसिङ संघ कास्की, लायन्स क्लब अफ पोखरा फ्लोरिङ फर्निसिङ र लायन्स क्लब अफ पोखरा प्रोफेसनलको संयुक्त आयोजनामा  पर्वतको महाशिला गाउँपालिका ६ स्थित फलामखानी आधारभूत विद्यालयका ६५  विधार्थीलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको छ ।

कम आयस्रोत भएका परिवारका ती विद्यार्थीलाई विद्यालयमै पुगेर शनिबार सामग्री वितरण गरिएको कार्यक्रम संयोजक गोविन्द शर्माले बताए ।

महाशिला गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसाल,  वडा नम्बर ६ का अध्यक्ष गोविन्द विक, विद्यालयका प्रधानाध्यापक सरस्वती केसी, वडा ६ का वडा सदस्य तीलक अधिकारी, लायन रहमोहन सुवेदी र लायन शुशील पौडेल लगायतको सहभागितामा कार्यक्रम भएको हो ।

राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक  गोविन्द शर्मा र सञ्चालन होमबहादुर अधिकारीले गरेका थिए । जहाँ आवश्यकता त्यहाँ सहयोग भन्ने भावनाबाट प्रेरित भएर कार्यक्रम गरिएको संयोजक शर्माको भनाइ छ । पोखराबाट गएको टोलीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महाशीला लगायत पर्यटकीय स्थलको अवलोकन समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width